पथरी
मोरङ्गको पथरीमा काग्रेसका केन्द्रिय स्तरका युवा नेताहरु आएर सम्वोधन गर्ने भनिएको एक कार्यक्रम स्थानिय काग्रेस नेताहरुकै ‘किचलो’का कारण रोकिएको छ ।
मोरङ्गको पथरीशनिश्चरेमा सोमवार तय भएको कार्यक्रममा काग्रेस महामन्त्री शासंक कोइराला केन्द्रिय सदस्यहरु गगन थापा,घनराज गुरुङ्ग,प्रदिप पौडेल, गुरुराज घिमिरे, बद्रि पाण्डे, जिवन परियार र नेवि संघका निर्वतमान महामन्त्री कुन्दनराज काफ्ले लगायतले सम्वोधन गर्ने भनिएको कार्यक्रम स्थगित भएसंगै काग्रेस मोरङ्गको विवाद सतहमा आएको छ । जि पि कोइराला अध्ययन केन्द्र मोरङले ‘गिरिजा बाबुले देखाएको बाटो र वर्तमान समयमा युवाहरुको भुमिका’विषयमा बिचार गोष्ठी तय गरेर व्यापक प्रचारप्रसार गरेको थियो ।
कार्यक्रमको सवै तयारी पुरा भएको वताएका कार्यक्रम संयोजक सुविन पराजुलीले काग्रेसका स्थानिय नेताको किचालोका कारण कार्यक्रम रोकिएको वताए । कार्यक्रमको सवै तयारी पुरा भएपछि कार्यक्रम स्थगित हुनु ले राम्रो संन्देश नभएको उनको भनाइ छ ।
कोइराला पक्षधरका नेताहरु पथरीमा आएर केन्द्रिय सभापती देउवा विरुद्ध वोल्न सक्ने भन्दै कार्यक्रम रोक्न वाध्य पारिएको केहि स्थानिय काग्रेसका कार्यकर्ताको भनाइ छ । गुटको किचलो गाँउ सम्मै देखीयो एक काग्रेस कार्यकर्ताको टिप्पणी थियो ।
कार्यक्रमको पुर्व तयारी सकिएको अवस्थामा केही स्थानिय नेताहरुले नै आफू खुशी कार्यक्रम स्थगित भएको भनेर झुटो सुचना कार्यक्रमका वक्ताहरुलाई पु¥याएको कार्यक्रम संयोजक पराजुलीले वताए । ‘कार्यक्रममा सम्वोधन गर्न आउने नेताहरुलाई कार्यक्रम आयोजक वाहिरकै स्थानिय काग्रेस नेताले रोकेको थाह भयो’ पराजुलीले भने ।
आयोजकले आइतबार दिनको १२ बजे सम्म पथरी वजारमा कार्यक्रम हुने माइकिङ्ग गरेका थिए । देउवा पक्षधरले कार्यक्रम रोकिएको फेसवुकमा स्टाटस हालेपछि कार्यक्रमका वारेमा शंका उत्पन्न भएको थियो । देउवा पक्षधरले काग्रेसका केन्द्रिय नेताहरु आएर देउवा विरुद्ध वोल्ने भन्दै कार्यक्रम असफल पारेको आरोप आयोजकको रहेको छ ।
कार्यक्रम के कति कारणले रोकिएको भन्ने बिषयमा स्थानिय नेता तथा कार्यकर्ताहरुमा समेत जानकारी छैन ।
