ब्लेडले आफ्नै घाँटी रेटे पथरीशनिश्चरेका लक्ष्मणले

ब्लेडले आफ्नै घाँटी रेटे पथरीशनिश्चरेका लक्ष्मणले

मोरङ, मोरङको पथरीशनिश्चरेका एक पुरुषले ब्लेडले आफ्नै घाँटी रेटेका छन् । आइतबार ३१ वर्षीय लक्ष्मण लिम्बूले ब्लेडले घाँटी रेटेर सख्त घाइते भएको अवस्थामा फेला परेका थिए । विराटनगर महानगरपालिका–१६ नेपाल वैंक पछाडिको सडकमा फेला पारिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी राजकुमार खिउजुले जानकारी दिए ।

रक्ताम्य अवस्थामा भेटिएका उनलाई ईलाका प्रहरी रानीले उद्धार गरेर उपचारका लागि कोसी अस्पताल पु¥याएको खिउजुले जानकारी दिए । लिम्बूको घाँटीको अगाडि पट्टीको भागमा गहिरो चोट लागेको र श्वासनलीमा समेत असर परेको उपचारमा संलग्न चिकित्सक डा. प्रज्वल खतिवडाले बताए । सामान्य बोल्न सक्ने अवस्थामा उद्धार गरिएका लिम्बू लागुऔषध प्रयोगकर्ता भएको खुलेको छ । प्रहरीका अनुसार उनी दैनिक जसो भारतको जोगवनी पुगेर लागुऔषध सेवन गर्दै नेपाल फर्कने गरेका थिए ।
सामान्य बोल्न सक्ने अवस्थामा रहेका उनले घरमा बुवा र आमा वृद्ध अवस्थामा रहेका कारण आफूलाई तनाव भएकाले ब्लेडले घाँटी रेटेर आत्महत्याको प्रयास गरेको प्रहरीलाई बताएका छन् ।

सम्बन्धित खवर