एनआरएनए एनसीसी कतारको अध्यक्षमा तेज कटुवालको उम्मेदवारी,मतदातामा उत्साह

एनआरएनए एनसीसी कतारको अध्यक्षमा तेज कटुवालको उम्मेदवारी,मतदातामा उत्साह

 

काठमाडौं,  बिगत लामो समयदेखि कतारलाइ आफ्नो कर्मथलो बनाइ विभिन्न सामाजिक कार्यहरुमा सक्रिय तथा एनआरएनए कतारका वर्तमान प्रथम उपाध्यक्ष रहेर एनआरएनएमा महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिसकेका अभियन्ता तेज कटुवालले एनआरएनए एनसीसी कतारको अध्यक्षमा उम्मेदवारी घोाषणा गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसिसि कतारका आगामी कार्यकाल (सन् २०१९–२०२१) का कटुवालले उम्मेदवारी घोषणा गरेका छन् । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको आठौं राष्ट्रिय महाधिवेशन आउँदो २३ अगष्ट २०१९ मा हुँदैछ । नयाँ कार्यसमिति चयनका लागि निर्वाचन र ३० अगष्ट २०१९ का दिन महाधिवेशन हुनेछ ।
विभिन्न सामाजिक अभियानमा आबद्धता जनाइसेका कटुवालले एनआरएनए अभियानमा २०१५–१७ सचिवालय सदस्य, कार्यबाहक महासचिव तथा २०१७–१९ प्रथम उपाध्यक्ष, संघ संस्था समन्वय समिति संयोजकको भूमिका सफलतापूर्वक निर्वाह गरिसकेका छन् ।

यस्तै कटुवालले पुर्व अध्यक्ष तथा सल्लाहकार संयोजक मोरङ सुनसरी सेवा समाज कतार, बिशेष सल्लाहकार भोजपुर सेवा समाज कतार, सल्लाहकार खस क्षत्री सेवा समाज दोहा कतार, बिशेष सल्लाहकार प्रवासी कटुवाल सेवा समाज कतारमा रहेर विभिन्न सामाजिक कार्यक्रममा योगदान पुर्याएका छन् ।
गैरआवासीय नेपाली संघ कतारको नेतृत्व गरेर कतारको नेपाली समाजमा एउटा स्वर्णिम अध्याय थप्ने आफ्नो आकांक्षासहित अध्यक्षको उम्मेदवारी घोषणा गरेको कटुवालले जनसवाल डटकमसँगको कुराकानीमा बताए । कटुवालले उम्मेदवारी घोषणासँगै आफुले गर्ने कार्यगत योजनाहरु समेत प्रस्तुत गरेका छन् ।

यस्तो छ कटुवालको घोषणा :

एनआरएनए एनसिसि कतारको अध्यक्ष पदमा उम्मेद्धारी

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका आदरणिय पंजिकृत सदस्य ज्यूहरु, यस अभियानका अग्रज अभियन्ता ज्यूहरु, कतारमा कार्यरत गैरआवासीय नेपाली दाजुभाई तथा दिदी बहिनिहरु, पत्रकार मित्रहरु,
नमस्कार ।

सर्वप्रथम गैरआवासीय नेपाली संघको २०१९–२१ को पंजिकृत सदस्यता लिएर विदेशमा रहेका नेपालीहरुको सबैभन्दा ठुलो संजाल भएको गैरआवासीय नेपाली अभियानमा आबद्ध हुनु भएकोमा यहाँहरुलाई हार्दिक बधाई सहित सामाजिक जीवनको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको कार्यसमितीमा २०१५—२०१७ कार्यकालमा सचिवालय सदस्य र कार्यवाहक महासचिव २०१७ — २०१९ कार्यकालमा प्रथम उपाध्यक्षको भुमिकामा रहेर कार्य सम्पादन गरेको अनुभवलाई संस्था र समाजको हितमा समपर्ण गर्ने उद्देश्यले यहि २०१९ अगस्ट २३ मा सम्पन्न हुन लागिरहेकोे २०१९–२१ कार्यकालको निर्वाचनका लागि मैले अध्यक्ष पदमा उम्मेदवारी दिने व्यहोरा यहाँहरु सबैलाई सहर्ष जानकारी गर्न चाहन्छु ।

गैरआवासीय नेपाली अभियानमा आबद्ध सम्पूर्ण सदस्य ज्यूहरु, अग्रज अभियन्ता र सिङ्गो कतारको नेपाली समाजले मलाई दिइरहेको साथ सहयोग र हौसला नै मेरा उर्जा हुन् । यहि उर्जालाई सदुपयोग गर्दै गैरआवासीय नेपाली संघ कतारको नेतृत्व गरेर कतारको नेपाली समाजमा एउटा स्वर्णिम अध्याय थप्ने मेरो आकांक्षा सहित अध्यक्षको रुपमा मैले गर्ने कार्यगत योजनाहरुलाई निम्नानुसार प्रस्तुत गर्दछु ।
प्रशासनिक संचालनः

१. संघको विधानले निर्दिष्ट गरे वमोजिम एउटा मजवुत सचिवालय समिति निर्माण गरी सम्पुर्ण सदस्यहरुलाई विभागिय जिम्मेवारी प्रदान गर्दै कार्य चुस्ततामा जोड दिनेछु । जिम्मेवारी वमोजिम कार्य मुल्यांकन गरि प्रोत्साहित, निर्देशन र सहयोग गर्ने निति लिनेछु ।

२. संघको विधान वमोजिम विभिन्न उप–समितिहरुको गठन गरि तिनको कार्यविधि निर्माण गर्नेछु । कार्यविधि वमोजिम उपसमितिहरुको कार्य प्रगतिको अर्धवार्षिक रुपमा आन्तरिक समिक्षा गरि कामलाई चुस्त र प्रभावकारी वनाउन निर्देशित गर्नेछु ।

३. पदाधिकारीहरु विच निरन्तर संवादका र संघ र समाजसँग आवश्यक सुचना आदान प्रदान, त्यसको व्यवस्थापन र आवश्यकता वमोजिम कार्यान्वयनलाई विशेष जोड दिनेछु ।

संघ तथा सामाजिक कार्यक्रमहरुः

१. विगतमा झैं एनसिसि र आईसिसिका कार्यक्रमहरु समावेश गरि एनआरएनए एनसीसी कतारले गर्दै आएका नेपाली भाषा, कला, संस्कृति विकास तथा सम्वद्र्धनलाई निरन्तरता दिनेछु ।

२. समाजका स्थापित संघसंस्थाहरुको गुणस्तर विकास तथा समय सापेक्ष विभिन्न निकायहरुसँगको सहकार्यलाई प्राथमिकतामा राखेर सवै संस्थाहरुलाई समावेश गर्नेछु ।

३. राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका कार्यक्रमहरुमा सवै सामाजिक संस्थाहरुलाई समान भुमिका र ढंगवाट सहभागि गराउनेछु ।

४. श्रोत र साधनको परिचालन गरि २०१९ देखि २०२१ कार्यकालमा नेपाल प्रवद्र्न कार्यक्रम आयोजनालाई मुख्य प्राथमिकतामा राख्नेछु ।

५. श्रमिक कोषलाई अझ मजवुत वनाउदै श्रमिकहरुको हित प्रभावकारी भुमिका निर्वाह गर्नेछु र टिमलाई पनि सहभागि गराउनेछु ।
समाजको लागि दिर्घकालिन योजनाहरु:

१. एनआरएनए एनसिसि कतार लाई एक गैर नाफामुलक साझा समाजिक संस्थाको रुपमा यस देशको कानुन बमोजिम दर्ता गर्ने विगत देखिको प्रयासलाई निरन्तरता दिनेछु ।

२. कतारमा नेपाली समुदायको प्रभावकारी उपस्थितिका साथै नेपाललाई प्रवद्र्धन गर्ने आधारको रुपमा ठानिएका सांस्कृतिक केन्द्र, नेपाली विद्यालय, नेपाली रेडियोको स्थापनार्थ समन्वयात्मक भूमिका निर्वाह गर्नेछु ।

अग्रज, अभियन्ता र आईसीसीसँगको सहकार्यः

१. “अग्रजलाई सम्मान, नयाँलाई प्रोत्साहन”को निति अवलम्वन गर्नेछु ।

२. आईसीसीसँगको संवादलाई चुस्त, दुरुस्त र प्रभावकारी वनाउन संस्थागत र व्यक्तिगत दुवै सम्वन्धको भरपुर सहयोग गर्नेछु ।

३. “एनआएनए साँस्कृतिक दुत” भन्ने अभियानलाई अवलम्वन गर्दै आईसीसीका प्रत्येक योजना सफल पार्नका लागि कतारवासी नेपालीहरुको भुमिकालाई महत्वका साथ अघि सार्नेछु ।

४. “श्रमिकको आम्दानी, नेपालमा लगानी” भन्ने मुल नारालाई अघि सार्दै आईसीसीसँग समन्वय गरि मझौला उद्योगमा लगानीको वातावरण निर्माणमा पहल गर्नेछु । ठुला लगानीकर्ताहरुलाई प्रोत्साहित गर्दै “एनआरएनए ईभेष्टमेण्ट फण्ड” मा लगानी गर्न सहजिकरण गर्नेछु ।
आर्थिक व्यवस्थापनः

१. श्रमिकको पैसा श्रमिक कै हितमा लगानी गर्नेछु । यसका लागि “श्रमिकको हित, एनआरएनएको जित” नारालाई अघि सारेको छु ।

२. अनुमानित वजेट वमोजिम आर्थिक व्यवस्थापनका लागि आन्तरिक, अभियानका अग्रजहरु र संघका शुभेच्छुकहरुसँग सहयोग संकलन गर्नेछु । यसरी संकलन गरि एउटा प्रशासनिक खर्च र सामाजिक खर्चको व्यवस्थापन गर्नेछु ।

३. संघमा उपलव्ध रकम तथा श्रोतलाई मितव्ययी र पारदर्शी तरिकाले सदुपयोग गर्न वैंकिंग प्रणालीको निरन्तरता तथा संस्थाको आर्थिक पक्ष सरलिकृत गर्नका लागि अध्यक्षको भुमिका मार्फत व्यक्तिगत रुपमा आर्थिक योगदान गर्नेछु । त्यसमा कार्यसमिति पदाधिकारी र अग्रजहरुलाई पनि समावेश गर्नेछु।

४. संघमा हाल विद्यमान विभिन्न कोषहरुको प्रभावकारी संचालन तथा तिनको व्यवस्थापनमा विधि, विधान र नियमावलीको अधिनमा रहि प्रभाकारी कार्यक्रमहरु संचालन गर्नेछु ।

५. सहभागिता मुलक आर्थिक योगदानको निति अबलम्बन गरेर एनसीसीको कोष र श्रमिक कल्याणकारी कोषलाई दरिलो बनाउ अधिकतम प्रयास गर्नेछु ।

सामाजिक अभियानमा आबद्धता
१. एनआरएनए अभियान
(क) २०१५–१७ सचिवालय सदस्य, कार्यबाहक महासचिव ।
(ख) २०१७–१९ प्रथम उपाध्यक्ष, संघ संस्था समन्वय समिति संयोजक ।

२. पुर्व अध्यक्ष तथा सल्लाहकार संयोजक : मोरङसुनसरी सेवा समाज कतार
३. बिशेष सल्लाहकार : भोजपुर सेवा समाज कतार
४. सल्लाहकार : खस क्षत्री सेवा समाज दोहा कतार
५. बिशेष सल्लाहकार : प्रवासी कटुवाल सेवा समाज कतार

आदरणिय पंजिकृत सदस्य ज्यूहरु, यहाँहरुको निरन्तर साथ सहयोगले नै मलाई एनआरएनए एनसीसी कतारको अध्यक्षको दावि गर्ने हैसियतमा पुर्याएको छ । समाजको त्यो गुणलाई समाज प्रति नै समर्पित गरेर कृतज्ञता व्यक्त गर्न चाहान्छु । मैले राखेको आकांक्षालाई आ–आफ्नो ठाउँबाट महत्वपूर्ण सहयोग गरि अध्यक्ष पदमा निर्वाचित गराईदिनुहुनेछ भन्ने विश्वास सहित यहाँहरु सबैमा विनम्र अनुरोध गर्दछु ।

भवदिय

तेज कटुवाल
२०१९–२१ कार्यकालको लागि अध्यक्षको आकांक्षी
गैरआवासीय नेपाली संघ,
राष्ट्रिय समन्वय परिषद् कतार

सम्बन्धित खवर