पोखरीमा डुबेर एक जना बालिकाको मृत्यु

पोखरीमा डुबेर एक जना बालिकाको मृत्यु

राजेन्द्र महतो, लहान

सिरहाको सुखिपुर नगरपालिका ६ खरी टोल स्थित पोखरीमा डुबेर एक जना बालिकाको मृत्यु भएको छ ।

सिरहाको सुखिपुर नगरपालिका ६ खरीटोल बस्ने दुखी रामको १ वर्षीय छोरी रबिना रामको पोखरीमा डुवेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पोखरीको डिलमा घर भएको दुखी रामको छोरी डिलमै खेल्ने क्रममा पोखरीमा डुबि मृत अबस्थामा फेला परेको जनाइएको छ।

उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले बताएका छन् ।


सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: