सिरहामा भरुवा बन्दुक सहित दुई जना पक्राउ

सिरहामा भरुवा बन्दुक सहित दुई जना पक्राउ

राजेन्द्र महतो, लहान

सिरहाको कल्याणपुर नगरपालिका (प्रचिलवा) बाट सिरहा प्रहरीले भरुवा बन्दुक सहित दुई जनालाई पक्राउ गरेको छ ।
बि आर ३२ क्यु १३८० न को मोटर साइकलमा हतियार सहित घुमफिर गरीरहेको बेला सूचनाको आधारमा शनिबार राती ११ बजे उनिहरुलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलिले कल्याणपुर नगरपालिका वडा नं. ११ (प्रचिलवा) स्थित १९ बर्षीय मनिष मण्डल र कल्याणपुर नगरपालिका वडा नंं. ३ का २४ बर्षीय मोहमद जाकीर मंसुरी भरुवा बन्दुक सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी तथा प्रबक्ता अपिल राज बोहराले बताएका छन्।

दुबैको गतिविधीबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: