सिंघिया खोलाले बगाएर बेपत्ता भएका पुरुषको शब फेला

सिंघिया खोलाले बगाएर बेपत्ता भएका पुरुषको शब फेला

मोरङ, सिंघीया खोलाले बगाएर शनिबार बेपत्ता भएका एक पुरुषको शब आइतबार भेटिएको छ । रामेछाप घरभएका १५ वर्षीय रमेश गुरुङलाई खोलाले बगाएको थियो । गुरुङ विराटनगर ७ मा बस्दै आएका थिए ।

बेपत्ता रहेका गुरुङलाई खोजतलासका क्रममा आइतबार फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बताए। शव पोस्टमार्टमपछि आफन्तलाई बुझाएको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर