काठमाडौँ, पछिल्लो समय साइबर चुनौती बढ्दै गएको छ । फिटपुट रुपमा सरकारी कार्यालयका वेबसाइटहरु ह्याक हुने गरेका घटना बाहिरिदै गएका बेला फेरी मन्त्रालयकै वेबसाइट ह्याक भएका छन् ।
आइतबार ऊर्जा मन्त्रालय र सहरी विकास मन्त्रालयको वेबसाइट ह्याक भएका छन् । मन्त्रालयका वेबसाइट खोल्दा फेमिली एट्याक साइवर नामबाट ह्याक भएको उल्लेख छ । आइतबार दिउँसो यी वेबसाइटहरू ह्याक भएका हुन् । मन्त्रालयको मात्र होइन राष्ट्रिय दलित आयोग, विधुत नियमन आयोग, सप्तकोशी बाँध परियोजना लगायतका वेबसाइट पनि ह्याक भएको पाइएको छ ।