राष्ट्रिय युवा संघको समिति गठन

राष्ट्रिय युवा संघको समिति गठन

वीरगन्ज, राष्ट्रिय जनता पार्टी नेपाल पर्साको भातृ संगठन राष्ट्रिय युवा संघ बीरगंज महानगर कार्य समितिले आज वडा नं १२ मुर्ली सुरजी देवी मा.विको परिसरमा युवा ईकाइ कमिटि गठन गरेको छ । राष्ट्रिय युवा संघले राहुल सिंहको अध्यक्षतामा आफ्नो ३४ सदस्यीय युवा ईकाइ कमिटी गठन गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा सुल्तान मियाँ र सनोज गुप्ता , सचिवमा नन्दलाल पटेल, सहसचिव रोहित गुप्ता, कोषाध्यक्षमा राकेश कुशवाहा रहेका छन् । कार्यक्रममा राष्ट्रिय जनता पार्टी राजपाका महासचिव राजेश मान सिंह, जिल्ला अध्यक्ष प्रेमबाबु पटेल, महानगर अध्यक्ष लियाकत अली, महानगर युवा सचिव संजीव यादव, युवा नेता अफरोज आलम, ठाकुर राम क्याम्पसका इकाई अध्यक्ष अमित यादव, वडा नं. १२ को इकाई अध्यक्ष मदन गुप्ता, मूर्ली युवा क्लबका अध्यक्ष मदन साह कानु, सुरेश कुशवाहा, दिनेश गुप्ता, उमेश गुप्ता, प्रमोद बैठा, भोला सर्राफ, निरन्जन गुप्ता लगायतको उपस्थिति रहेको थियो । महानगरका युवा अध्यक्ष राजु गुप्ताको अध्यक्षतामा समपन्न कार्यक्रमको सहजीकरण जिल्ला सचिव उमेश लाल सहनीले गरेका थिए ।

सम्बन्धित खवर