खाल्डोमा जमेको पानीमा डुवेर एक ७ वर्षीय बालिकाको मृत्यु

खाल्डोमा जमेको पानीमा डुवेर एक ७ वर्षीय बालिकाको मृत्यु

राजेन्द्र महतो, लहान

सिरहाको गोलबजार नगरपालिका ६ मा शनिवार बर्षातका कारण खाल्डोमा जमेको पानीमा डुवेर एक ७ वर्षीय बालिकाको मृत्यु भएको छ। प्रहरीका अनुसार सिरहा नगरपालिका ९ ठेङ्गी घर भइ हाल गोलबजार नपा ६ लक्ष्मीचौकमा डेरागरी बस्ने श्रीप्रसाद यादवकी ७ वर्षीय छोरी आरती कुमारी यादवको खाल्डोमा जमेको पानीमा डुवेर मृत्यु भएको हो।

गोलबजार नपा ६ भित्रै डोहडीयामा रहेको मामाघरमा साथीहरुसँग जाने क्रममा खाल्डोमा जमेको पानीमा डुबेर बालिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोल बजारले जानकारी दिएको छ । मृतकको शव पोष्टमार्टमको लागि रामप्रसाद उमा स्मारक अस्पताल लहान पठाइएको प्रहरीले बताएको छ । उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। बर्षातका कारण मुलुकका धेरै स्थानहरु असुरक्षित बनेका छन् ।

सम्बन्धित खवर