बिर्तामोडको हनुमान सेन्ट्रलमा लागेको आगो नियन्त्रणमा

बिर्तामोडको हनुमान सेन्ट्रलमा लागेको आगो नियन्त्रणमा

झापा, झापाको विर्तामोडमा रहेको व्यापारिक महल हनुमान सेन्ट्रलमा भएको आगलागी नियन्त्रणमा आएको छ । बिर्तामोड नगरपालिकाको दमकल, प्रहरी तथा स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा आएको हो । आगलागी महलको भुईंतलामा रहेको इर्की शोरुमबाट भएको प्रहरीले जनाएको छ ।

बेलुका पसल बन्द गर्दा एसीको स्विच अन राखेकाले ज्यादा तातेर एसीबाट आगलागी भएको प्रहरीले अनुमान गरेको छ । पसल पुर्ण रुपमा क्षति भएको प्रहरीको भनाइ छ । अन्य पसलहरुमा भने क्षति नभएको ईलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक मोहन थापाले जानकारी दिए । आगलागीबाट के कति क्षति भयो भन्ने एकिन विवरण भने आइसकेको छैन् ।

सम्बन्धित खवर