अन्जना ढकालले हानिन गृहमन्त्रीलाई झापड, गृहमन्त्री ज्यु, तपाइको छोरी, बहिनी निर्मलाको ठाउँमा भएको भए के भनुहुन्थ्यो ? लाज लाग्दैन ? –

अन्जना ढकालले हानिन गृहमन्त्रीलाई झापड, गृहमन्त्री ज्यु, तपाइको छोरी, बहिनी निर्मलाको ठाउँमा भएको भए के भनुहुन्थ्यो ? लाज लाग्दैन ? –

निर्मलाको जस्तो घटना कुनै नौलो घटना होइन भनेर गृहमन्त्रीले आफ्नो अभिव्यक्ति दिएपछी येतिबेला सामाजिक सन्जालमा गृहमन्त्री रामबहादुर थापाको चर्को आलोचना भैरहेको छ।

उनले निर्मला पन्तको घटनालार्इ सामान्य रुपमा प्रस्तुत गर्दै येस्ता घटना हिजो पनि भए र आज नि हुँदै छ र आगामी दिनमा पनि हुने भन्दै टिपणी गरेपछी जनताहरु उनिप्रती आक्रोशित देखिएका छन्।

आज निर्मला घटना पूरा भएको १ वर्ष बितिसक्दा पनि सरकार र प्रशासनले एउटा सिन्को भाच्न सकेको छैन्। गृहमन्त्रि जस्तो जिम्मेवार पदमा बसेको मान्छेले जनताको सामुन्ने आएर याचना गरेर भन्नु पर्ने हो। “तपाईहरुको जिउधनको सुरक्षाको सपथ खाएर गृहमन्त्रि भएको हूँ, निर्धक्क हिड्नुस तपाईको सुरक्षाको जिम्मा मेरो हो।”

तर अपसोस, एउटि अबोध बालिका निर्मला घटनाको बिरुद्ध न्यायको पहल गर्दा गृहमन्त्रि जस्तो मान्छे निशंकोच भन्छ,
“निर्मला जस्तो घटना यो पटक मात्रै भएको हैन, पहिले पनि हुन्थियो। दोसिलार्इ सजाय दिलाउन राजनिती भयो।”

यस्ता मानशिकता भएका ब्यक्तिलाई हामीले कति दिन सिंगो देशको गृहमन्त्रि मान्ने ? कुनैपनि अपराधका बिरुद्ध पिडितलाई न्याय दिनु राज्यको दायित्व हो।

निर्मलालाई न्यायको माग ३६५ दिन अर्थात १ बर्ष पुगेको छ, राज्य जिम्मेवार बन्नु त कँहाको कँहा न्यायको लागि भएको अनवरत संघर्षलाई समेत राजनैतिक चेश्माबाट मुल्यांकन गर्ने कति निच र दरिद्र मानशिकता ?

जिम्मेवार पदमा बस्ने तर पदिय जिम्मेवारी, जनता र देशप्रतिको उत्तरदायित्व बहन नगर्ने एउटा आतंकवादि मानशिकता बोकेको मानिसलाई जनताले किन बहिस्कार नगर्ने ? मान्छे मार्नु या मारिनु कामरेडका बिगतका अघि सामान्य हुन्। कामरेडकालाई बन्दुकको धङ्गधङ्गी अझै उत्रिएको छैन्।

बन्दुकले आर्जेको बिरासत ढाल्न जनताको एक जुत्ता काफि छ भनेर कोहि आसेपासेले कामरेडलाई बेलैमा भनिदिनुस।
जनताको घाउमा नुन छर्ने अधिकार नाथे गृहमन्त्रिलाई कसैले दिएको छैन्। बोलिमा र छुद्रपनमा लगाम नलागे हातमा जुत्ता चप्पल लिएर जनता प्रतिकारमा उत्रिएको दिन, मुख लुकाउने र आफु लुक्ने ठाँउ सम्म नभेटिएला ।

देशविदेशका खबरबाट

सम्बन्धित खवर