पहिरोले कुलो वगाएपछि किसानलाई सिचाइको चिन्ता

पहिरोले कुलो वगाएपछि किसानलाई सिचाइको चिन्ता

पथरी
मोरङ्गको लेटाङ्ग ८का स्थानियवासीले प्रयोग गर्दै आएको तेलि गडाने सिचाइ कुलो वर्षा संगै आएको पहिरोले पुरे पछि किसानलाई धानमा पानी कसरी लगाउने चिन्ता थपिएको छ । ६० विगाह जग्गामा सिचाइ हुदै आएको सो पैनीको केहि भाग हालैको पहिरोले पुरेको थियो । करिव १२ स्थानमा ठुलो पहिरो गएको छ तेली गडाने पैनी उपभोक्ता समितीका अध्यक्ष धनवहादुर लिम्वुले भने ‘यस्तै अवस्था रहे यस वर्ष किसानले खेतमा पानी लगाउन पाउदैनन्’। स्थानियवासीको सक्रियतामा २०३२ सालमा वनाइएको पैनीले लेटाङ्ग ८का वासीन्दा सिचाइ सुविधा लिदै आएका थिए । स्थानियवासीका अनुसार हिउद महिनामा जाँते क्षेत्रमा उत्पादन हुने हिउदे तरकारी र नगदेवाली यसै पैनीको सिचाइवाट निर्भर रहेका छन् ।वार्षिक रुपमा करोड भन्दा वडि तरकारी वाहिरी वजारमा निर्यात हुने गरेको छ । यो पैनी पहिरोले अवरोध गरेपछि धानमात्र नभइ अन्य अन्नवाली उत्पादनमा समेत असर पर्ने समितीका सचिव रुप नारायण लिम्वु वताउछन् । ठाउ ठाउमा भएका पहिरो तत्काल हटाउन सम्भव नभएको उपभोक्ताहरु वताउछन् ।

सम्बन्धित खवर