बक्राहा खोला बस्ती पस्ने सम्भावना, ४० घरलाई सारियो सुरक्षित स्थानमा

बक्राहा खोला बस्ती पस्ने सम्भावना, ४० घरलाई सारियो सुरक्षित स्थानमा

पथरी, निरन्तरको वर्षाका कारण मोरङको बक्राहा खोलाले बाँध फुटाउने जोखिम बढेको छ । सुनवर्षी नगरपालिका वडा नं. २ मा पर्ने खयरबारी दक्षिणबाट खोला बस्तीमा पस्ने सम्भावना बढेको भन्दै त्यँहाका ४० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको वडा अध्यक्ष प्रताप तामाङले जानकारी दिनुभयो । उनिहरुलाई तत्कालका लागि पथरीशनिश्चरे ५ मा रहेको सुँगाहाट माविमा सारिएको छ ।

“राति ३ बजेसम्म बाँधमा बसेर बस्ती सार्ने काम गरियो । फुट्ने सम्भावना वढी छ, यो बाँध फुटेमा हजारौँ विघामा लगाएको धानबाली सबै नष्ट हुन्छ, सुनवर्षी पुरै डुवानमा पर्छ ।” अध्यक्ष तामाङले भन्नुभयो । रातको समय र वाढी वढी भएका कारण रोकथामको उपाय नै नभएको तामाङको भनाइ छ ।

सम्बन्धित खवर