खोलो बस्तीमा पस्न रोकथाम गर्दै नगरपालिका

खोलो बस्तीमा पस्न रोकथाम गर्दै नगरपालिका

लेटाङ, अबिरल वर्षा संगै आएको भिषण बाढिले लेटाङ ३ को किर्तिमान र वडा नं २ को क्षेत्रमा खोला पसेर जनधनको क्षति गर्ने संभावना बढेपछी लेटाङ नगरपालिकाले १ हप्ता देखि रोकथामका विभिन्न उपाय अबलम्बन गरिरहेको छ ।

लेटाङको ठूलो चिसाङ खोलालाई बस्तीमा पस्नबाट रोक्नका लागि तारजालिले तटबन्धन गरिएको साथै स्काभेटरको सहायताले संभव भए सम्म खोलालाई मुलधारमा फर्काउने प्रयास भैइरहेको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले बताउनुभयो ।

गएरातिको बर्षाले लगाएको जालिहरु समेत बगाएर खोला बस्ति प्रबेश गर्ने अवस्थामा आएपछी लेटाङ नगरपालिकाका प्रमुख सहितको टोलिले आज दिनभर खोला रोकथामका लागि खोलाको जोखिम क्षेत्रमा तारजाली हालेका छन् । लेटाङ नगरपालिका वडा नं ३ का अध्यक्ष देबराज चाम्लिङ, समाजसेवी ईस्वरी कोईराला लगायत स्थानिय युवा तथा उक्त क्षेत्रका बासिन्दाहरुकै सहयोगमा खोलामा जाली लगाएर रोकथाम गरिरहेको नगरप्रमुख राईले बताउनुभयो ।

आज सम्म खोलाले धेरै क्षेत्रहरु कटान गरिसकेको र बस्तिमा खोला पस्ने अवस्था आएपछी आफैले पनि सकेको श्रमदान गरि रोकथाममा प्रयास गरेको मेयर राईले बताउनुभयो । स्थानियको ज्यान जोखिममा परेपछी आफैले सो क्षेत्रमा पुगेर काम गरिरहेको उहाले बताउनुभयो । लामो समय पछिकै अत्याधिक बर्षाले लेटाङका चिसान, तेलि मोरङ्गी खोलाहरुले जोखिम निम्त्याएको उहाँले बताउनुभयो ।


सम्बन्धित खवर