सरकारको अनौठो निर्णय, अबदेखि दुईवटी श्रीमतीको श्रीमानलाई भत्ता दिने

सरकारको अनौठो निर्णय, अबदेखि दुईवटी श्रीमतीको श्रीमानलाई भत्ता दिने

काठमाडौं, नेपालमा कानुनका कारण पुरुषले दुई वटी श्रीमती बिबाह गरे झमेला बेहोर्नुपर्ने अवस्था छ । तर युएइ सरकारले भने अतिरिक्त घरभाडा भत्ता दिने भएको छ ।अविवाहित महिलाहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै सरकारले पुरुषहरुलाई दोश्रो बिहे गर्नका लागि प्रोत्साहित गर्न यस्तो अनौठो नियम लागू गरेको अन्तराष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् ।

युएइका मन्त्री अब्दुल्लाह बेलहेफ अल नुइमीले संघीय राष्ट्रिय परिषदको बैठकमा यो अनौठो घोषणा गरेसँगै अब युएइमा अविबाहित महिलाहरुको दल घट्ने अनुमान गरिएको छ । अन्तराष्ट्रिय मिडियाका अनुसार अबदेखि दुईवटी श्रीमती राख्ने पुरुषलाई शेख जायद हाउजिंग कार्यक्रम अन्तर्गत आवास भत्ता प्रदान गरिनेछ ।


सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: