पहिरोले पानीको पाइप पुरियो, जाँतेवासीलाई पानीको हाहकार

पहिरोले पानीको पाइप पुरियो, जाँतेवासीलाई पानीको हाहकार

भीमराज अधिकारी, पथरी

मोरङको २ वटा गाउँ नै पानी खानबाट बन्चित भएका छन् । निरन्तरको वर्षाका कारण आएको वाढी र पहिरोले खानेपानीको पाइप नै पुरिएपछि लेटाङ नगरपालिका वडा नं. ८ र ९ का वासिन्दालाई पानीको हाहकार भएको हो ।

जाँतेको सबैभन्दा ठुलो खानेपानी योजना जाँते खानेपानी योजनाको मुहानमा पहिरोले क्षति पु¥याएको सो योजनाका अध्यक्ष डिल्ली विश्वकर्माले जानकारी दिनुभयो । करिब ४०० मिटर जतिको पहिरोले पानीको पाइप पुरिएको विश्वकर्माको भनाइ छ । “पहिरोले पुरेको पाइप देखिदैँन हामीले गाउँमा सबैलाई माइकिङ गरेर अझै पानी आउनलाई केही दिन लाग्न सक्छ भनेर सूचना गरेका छौँ । अहिले परेको पानी थापेर र खोलाबाट ल्याएर पानी खानुको विकल्प छैन् । मुहान पुग्नलाई पनि वाढीका कारण सम्भव छैन् । हामीलाई त पानीको हाहकार भयो ।” विश्वकर्माले फोन सम्पर्कमा भन्नुभयो ।

जमिन माथि ९ फिटको पिलर लगाएर पाइप मार्फत मुहनको पानी ट्याङ्की सम्म ल्याइएको थियो । अहिले सो पिल्लर पुरै पुरिएको जनाइएको छ । यसको अनुगमनका लागि लेटाङ नगर प्रमुख शंकर राई, सांसद उपेन्द्र घिमिरे सहितको टोली शुक्रबार पानीको मुहान सम्म पुग्ने कार्यक्रम रहेको अध्यक्ष विश्वकर्माले जानकारी दिनुभयो ।

सम्बन्धित खवर