लागुऔषधसहित दुई जना युवा पक्राउ

लागुऔषधसहित दुई जना युवा पक्राउ

राजेन्द्र महतो, लहान

सिरहा नगरपालिका १४ खिरौना बाट नेपाल प्रहरीले लागुऔषधसहित दुई जना युवा लाई पक्राउ गरेको छ ।
प्रहरी चौकी माडर, खिरौनाबाट खटिएको प्रहरी टोलीले खिरौना पेट्रोल पम्प अगाडि भारतबाट स १ प ५१०७ नं. को मोटर साइकलमा आउँदै गरेका दुई जनालाई चेकजाँच गर्ने क्रममा नाइटरोभेट ट्याब्लेट १५ पिस, डाइलेक्स डिसि १ बोतल लागुऔषध सहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मोटर साइकल चालक सिरहाको कर्जन्हा नगरपालिका ३ का २० वर्षीय ललन कुमार यादव र मोटर साइकल पछाडि सवार सोही ठाउँका २६ वर्षीय प्रदिप यादव रहेका छन्।

पक्राउ परेका दुबै जनालाई आबशयक कार्बाही तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी तथा प्रबक्ता अपिल राज बोहराले बताएका छन्।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: