उर्लाबारी नगरमा काण्डै काण्ड छन्, उल्टै म माथि झुटा आरोप लगाइयो (मेयर फागो)

उर्लाबारी नगरमा काण्डै काण्ड छन्, उल्टै म माथि झुटा आरोप लगाइयो (मेयर फागो)

पथरी, निर्वाचन भएको २ वर्ष पुरा हुँदैगर्दा जनप्रतिनिधिहरुका सबैखाले काण्डहरु पर्दाफास हुन थालेका छन् । अझ प्रमुख र उप–प्रमुख फरक पाट्रिको भएका स्थानमा तिब्र रुपमा विवाद नै हुने गरेको छ ।

पछिल्लो समय मोरङको उर्लाबारीमा पनि मेयर र उपमेयर बिचको विवाद झन झन पेचिलो बन्दै आएको छ । नगरसभा हुँदै गर्दा अलि वढी मात्रामा विवादका स्वरहरु आएका थिए । उपमेयर लक्ष्मी देवी भण्डारीले आफ्नै कार्यकक्षमा पत्रकार भेटघाटका क्रममा मेयर खडग फागोले एकलौटी निर्णय गर्ने, बहुमतले पास गर्नुपर्ने कुरा आफ्ना नजिकका जनप्रतिनिधिहरु राखेर पास गर्ने, नगरमा मेयरको यस्तै व्यवहार हुने हो भने नगर विकास नहुने लगाएतका आरोप लागएकी थिइन् । उपमेयर भण्डारीले कपोकल्पित आरोप लगाएको भन्दै मेयर फागोले नगरमा भएका अन्य विषयको पर्दाफास गरेका छन् ।

भिडियो

नगरपालिकाको बेरुजु रकम जनप्रतिनिधि आउनुभन्दा अगाडी देखिकै रहेको बताउँदै फागोले क्रमशः रुपमा फरच्यौट हुने क्रममा रहेको स्पष्ट पारेका छन् । फागोले पदाधिकारीको नाममा रहेको ३३ लाख ८ हजार बेरुजुमा १८ लाख ३९ हजार रकम फरच्यौट भईसकेको पनि स्पष्ट पारे । बिभिन्न सामान खरिदमा भने बेरुजु देखिएको र त्यस सामाग्रीको अनलाईन सफ्टवेरमा हालिसकेपछि फरच्यौट हुने नगरपालिकाका जिन्सी शाखा प्रमुख नगेन्द्र तिम्सिनाले बताए ।

मेयर फागोले कार्यपालिका बैठकमा पटक–पटक अवरोध सिर्जना गर्ने काम भएको र अन्तिम अवस्थामा प्रदेशको कानून अनुसार कार्यपालिका सदस्यको एक चौथाइ सदस्यको उपस्थीतिमा निर्णय गर्नुपरेको विडम्बना सुनाए । न्यायिक समितिले विभिन्न वडामा गरेको तालिममा उपमेयर भण्डारीसहित न्यायिक समिति सदस्य शोभितमाया तामाङ र निरोज तिम्सनाले दोहोरो सुबिधा लिएको फागोले देखाएका छन् ।

पटक पटक बैठक नबस्दा विभिन्न योजना तथा महत्वपूर्ण निर्णयहरु ओझेलमा परेको फागोको भनाइ छ । तरुण दल बोलाएर नगरमा शक्ति प्रदर्शन गरेको भनेर उपमेयरले लगाएको आरोप झुट्टा रहेको फागोको भनाइ छ । नगरका आम कार्यकर्ता स्वतः नगरमा आएको र यो नगरवासीको नैसर्गिक अधिकार भएको समेत फागोले प्रष्ट्याए । यस बाहेक नगरमा केही जनप्रतिनिधहिरु अनुदानमा दिएको बिउ बोका काटेर खाने, वडामा मकैको बिउ बेच्ने, कामै नगरी जनताको करबाट आएको पैसा गलत ठाउँमा लगाउन प्रयत्नरत रहेको समेत बताए । नगरमा हुन लागेका अस्वभाविक खर्चलाई आफुले रोक्दै करोडौँ रुपैया बचाएको समेत फगोले बताए । जस्ले जेसुकै भनेपनि आफु नीति नियम भन्दा बाहिर नजाने बरु जनताका बिचमा जाने फागोको अडान छ ।

सम्बन्धित खवर