चट्याङले लागेर हल गोरुसंगै एकजनाको मृत्यु

चट्याङले लागेर हल गोरुसंगै एकजनाको मृत्यु

मोरङको धनपालथान गाउँपालिका–३ सोराभागमा खेत जोतिरहेका बेला हलगोरुसंगै हलीको पनि मृत्यु भएको छ । स्थानीय श्याम मण्डलले खेज जोत्दै गर्दा परेको चट्याङका कारण ५० वर्षीय मण्डल र हल गोरुको घटना स्थलमा नै मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर कवीन्द्र कार्कीका अनुसार मण्डल धान रोप्नका लागि खेत हिल्याउँदै थिए । मण्डलको शव जिल्ला अस्पताल रंगेलीमा पोस्टमार्टम गरेर परिवारका सदस्यको जिम्मा लगाइएको छ ।

त्यस्तै चट्याङले लागेर मोरङकै सुनवर्षी नगरपालिका–९ पार्वती टोलकी २८ वर्षीय लक्ष्मीदेवी केविरथ घाइते भएकी छन् । आफ्नै घरमा बसिरहेका बेला चट्याङले लागेर घाइते भएकी उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । युवतीको चट्याङले कान र टाउकोमा चोट लागेको छ । चट्याङले स्थानीय श्रवण सहनीको विद्युत मिटर बक्समा पनि क्षति गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै पथरीशनिश्चरे नगरपालिका–२ प्रगति टोलका प्रकाश दाहालको घरमा रहेको टिभी र मल्टी प्लग बोर्डमा चट्याङले क्षति पु¥याउँदा २५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीको भनाइ छ ।
पूर्वेली न्युजबाट

सम्बन्धित खवर