पथरीमा सुशाशन सम्बन्धी अन्तरक्रिया

पथरीमा सुशाशन सम्बन्धी अन्तरक्रिया

भीमराज अधिकारी, पथरी

मोरङको पथरीशनिश्चरेमा सुशाशन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै जनप्रतिनिधिहरुले सुशाशनका लागि सबैले पहल गर्नुपर्ने बताएका छन् ।

नेपाल पत्रकार महासंघ पूर्वी मोरङ शाखाको आयोजनामा भएको कार्यक्रममा नगरप्रमुख दिलिप कुमार राईले नगरमा सुशाशन कायम गर्न प्रतिवद्ध रहेको बताए । नगरले गर्ने कुरामा कहिलेकाँही कमी कम्जोरी भएता पनि सकेसम्म सबै क्षेत्रमा सुशाशनका लागि पहल गरिरहेको बताए ।

वडा अध्यक्ष वावुराम याङ्गेदेन र जय बहादुर तामाङ लगायतले नगर र वडामा सुशाशन कायम गर्न लागि परेको बताए । सोही कार्यक्रममा नगरमा क्रियाशील पत्रकारहरुले नगर र पत्रकारितामा भइरहेका बिबिध विषयमा आफ्ना अनुभवहरु सुनाएका थिए ।

सम्बन्धित खवर