लोकसेवा आयोगले खुलाएको विज्ञापन विरुद्ध आदिबासी जनजाती महासंघ आक्रमक, जिल्ला अध्यक्ष सहित १५ जना इटहरीबाट पक्राउ

लोकसेवा आयोगले खुलाएको विज्ञापन विरुद्ध आदिबासी जनजाती महासंघ आक्रमक, जिल्ला अध्यक्ष सहित १५ जना इटहरीबाट पक्राउ

इटहरी, नेपाल आदिवासी जनजाती महासंघका नेता तथा कार्यकर्तालाई प्रहरीले इटहरीबाट पक्राउ गरेको छ ।

लोकसेवा आयोगले खुलाएको विज्ञापनमा समावेशी सिद्धान्तको कोटा कम भएको भन्दै आदिवासी जनजाती महांसघले शनिबार प्रदेश १ मा बन्दको आह्वान गरेको थियो । शनिबार बिहानैदेखि इटहरी चौकमा आक्रमक बनेका महासंघका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । इटहरीलाई केन्द्र बनाएर यातायात तथा त्यहाँको बजार बन्द गर्न महासंघले आह्वान गरेको थियो । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसी) समीरचन्द्र खरेलले बन्द गराउन आह्वान गर्दै हिडेकाले पक्राउ गरिएको बताए ।

‘बजार बन्द गराउँदै हिडेँकाले हामीले १५ जनालाई पक्राउ गरेका छौँ,’ खरेलले टेलिफोन सम्पर्कमा भने, ‘अहिले यातायात पनि सञ्चालनमा छ, अवस्था सामान्य रहेको छ ।’ उनका अनुसार आदिबासी जनजाती महासंघ सुनसरीका अध्यक्ष रामकुमार राई सहित १५ जनालाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ । डीएसपी खरेलले भने, ‘बजार बन्द गर्नुपर्छ भन्दै हिडेँको सूचनाका आधारमा हामीले पक्राउ गरेका हौँ, थप अनुसन्धान भईरहेको छ ।’

आदिबासी जनजाती महासंघका प्रदेश १ अध्यक्ष धुब्र लिम्बुले आन्दोलन गर्नु कुनै रहर नभएको र आँफूहरु बाध्यताका कारण आन्दोलनमा उत्रनुपरेको बताउँदै आएका छन् । शुक्रबार महासंघले इटहरीको मुख्य चौकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको पुत्ला समेत दहन गरेको थियो ।
कपुरी न्यूजबाट

सम्बन्धित खवर