पथरीको हरियाली सामुदायिक वन देशकै उत्कृष्ट

पथरीको हरियाली सामुदायिक वन देशकै उत्कृष्ट

पथरी, देशभरका करिब २२ हजार सामुदायिक वनहरुलाई पछि पार्दै हरियाली सामुदायिक वन उत्कृष्ट बनेको छ । मोरङको पथरीशनिश्चरेमा रहेको हरियालीले गणेशमान सिंह सामुदायिक वन प्रथम राष्ट्रिय पुरस्कार हात पारेको हो । सो पुरस्कार राशी १ लाख रुपैँया रहेको छ ।

२०५६ सालमा स्थापना भएको हरियाली सामुदायिक वनले प्रदेश एक मा नै पहिलो पटक यो गणेशमान सिंह सामुदायिक वन प्रथम राष्ट्रिय पुरस्कार ल्याएको हो । गत असार ३१ गते काठमाण्डौंको बबरमहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले प्रदान गर्नुभएको हरियालीका अध्यक्ष काबुल बहादुर मगरले जानकारी दिनुभयो । सो पुरस्कार प्राप्त गरेपछि संस्थामा खुसीयाली छाएको भन्दै शुक्रबार पत्रकार सम्मेलन गरेर, उपभोक्ता, कर्मचारी, वन विभागका कर्मचारी लगाएत सबैलाई धन्यवाद दिदै खुसी साटासाट गरेको हो ।

हरियालीले वन हस्तान्तरणको समय देखि नै उत्कृष्ट काम गर्दै आएको अध्यक्ष मगरले बताउनुभयो । २०७३ साल देखि वैज्ञानिक वन व्यवस्थापन गर्दै आएको यस वनले देशकै नमूनाका रुपमा काम गरिरहेको बताउदै मगरले भन्नुभयो “विना तार घेराबारा विरुवा हुर्काउने, १० वर्षमा हुर्कने विरुवा ३,४ वर्षमा नै हुर्कने, पक्की चिहान हटाउने, अफिसको जुनसुकै विवरण तथा कागजात व्यवस्थीत राख्ने, वनको क्षेत्रमा कुनैपनि स्थानमा खाली भाग नराखी विरुवा हुर्काउने काम गरेको, गरिबी निवारण, वन व्यवस्थापन, सामाजिक विकास लगाएतका सबै क्षेत्रमा उत्कृष्ट काम गरेको छ । यसैले गर्दा हामीले पुुरस्कार पाउन सफल भयौँ”

हरियालीले आर्थिक वर्ष ०७५/०७६ मा करिब ८ हजार सेफ्टी काठ उत्पादन गरेको मगरले जानकारी दिनुभयो । सो काठ उपभोक्ताको आवश्यकतालाई हेरेर १०० कि.वी सम्म पनि उपलब्ध गराएको मगरको भनाइ छ ।

हरियाली सामुदायिक वनले प्राप्त गरेका अन्य पुरस्कारहरु :

१. गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार सान्तवना–२०७५
२. मोरङ जिल्ला वन प्रथम–२०७५
३. मोरङ जिल्ला वन दोस्रो–२०७४
४. मोरङ जिल्ला वन सान्तवना–२०७३

सम्बन्धित खवर