ढुवानमा परेका परिवार अझै घर फर्केनन्, वडाले ग¥यो नगद सहयोग

ढुवानमा परेका परिवार अझै घर फर्केनन्, वडाले ग¥यो नगद सहयोग

पथरी, लगातारको वर्षाका कारण वाढीले विस्थापित भएका घरपरिवार अझै सम्म घर फर्कन सकेका छैनन् । मोरङको पथरीशनिश्चरे ५ मा ३ घर विस्थापित भएकामा उनिहरु अझैपनि विद्यालयमा बस्दै आएका छन् ।

यसरी विस्थापित भएका र वाढीले वढी मात्रामा क्षति गरेका वडाका ८ घरपरिवारलाई वडाले जम्मा ५३ हजार नगद वितरण गरेको छ । उनिहरुको क्षतिलाई हेरेर सोही अनुसारको वडाले सकेसम्मको सहयोग गरिएको वडा अध्यक्ष जोग बहादुर धिमालले बताउनुभयो । अन्य निकायहरुमा पनि सहयोगका लागि सिफारिस गर्ने कामहरु भइरहेको धिमाललको भनाइ छ । वडामा भएको विपत व्यवस्थापन न्यूनिकरण शीर्षकको बजेटबाट पिडितलाई सहयोग गरिएको वडा सचिव खड्ग नारायण श्रेष्ठले बताउनुभयो ।

“लगातारको वर्षाले घरमा भएका सम्पूर्ण अन्नपात नै पानीमा डुब्यो घरमा भएको एउटा बाख्रा पनि पानीमा डुवेर मर्यो त्यसपछि त हामी घरबाटै विस्थापित भयौँ” पिडित शत्रुघन ठाकुरले बताउनुभयो । ठाकुरका अनुसार घरमा अझै बस्ने वातावरण बनेको छैन् । घरको अन्नपात, फ्रिज लगाएतका समान गरी करिब ६०, ७० हजार बराबरको क्षति भएको छ ।

यसैगरी संगै घर रहेका अर्का पिडित प्रेमकान्त ठाकुरको पनि घर फर्कने वातावरण बनेको छैन् । वाढीका कारण घरमा धामन सर्प बस्न थालेका छन् । उनिहरु अहिले आफ्ना परिवार र गाइबस्तु सहित नजिकैको अमरसिंह माविमा बस्दै आएका छन् । दुबैजनाको घरमा क्षति भएको छ । टाटीको घरको जमिनपटीको भाग पुरै खराब भएको छ ।

यसैगरी वडा नं. ५ कै सुगाँ स्थीत कृष्ण सतारको पनि घर फर्कने वातावरण बनेको छैन् । घरमा भएका सम्पूर्ण सामानहरु वाढीमा परेपछि बाकीँ दिन कसरी गुजार्ने भन्ने समस्या वाढी पिडितलाई परेको छ । वडामा ५० औँ विगाहा जमिनमा लगाइएको धानवालीमा बाढीले क्षति पु¥याएको वडा सदस्य चेतेन्द्र खड्काले बताउनुभयो । वाढीको समयमा सबैले मिलेर क्षति न्यूनिकरणका कामहरु भएकाले धेरेलाई विस्थापित हुनबाट जोगाइएको वडा सदस्य उमेश बस्नेतले बताउनुभयो । विस्थापित नै नभएता पनि अहिले पनि वडा नं. ५ मा रहेका चौधरी र ऋषिदेव बस्तीहरु ढुवानमा नै रहेका छन् ।

राहत सहयोग पाउनेको नामावली :
शत्रुघन ठाकुर – ९,०००।–
छेदीलाल चौधरी – ४,०००।–
कृष्ण सतार – ६,०००।–
विजय चौधरी – ४,०००।–
प्रेमकान्त ठाकुर – ९,०००।–
डम्बर कुमारी कार्की – ९,०००।–
हर्कलाल चौधरी – ५,०००।–
खेमनाथ बराल – ७,०००।–

सम्बन्धित खवर