पथरी दुर्घटनाको पछिल्लो अपडेट, २ जनाको मृत्यु, १७ जना घाईते (घाइतेको नामावली सहित)

पथरी दुर्घटनाको पछिल्लो अपडेट, २ जनाको मृत्यु, १७ जना घाईते (घाइतेको नामावली सहित)

राजकुमारी तामाङ, पथरी

पुर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरशनिश्चरे बजारमा बिहीबार बिहान यात्रु बस दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या २ पुगेको छ ।

पथरी बजारको पश्चिम पथरीखोला नजिकै बस दुर्घटनामा पर्दा १ जनाको घटना स्थलमै र अर्को १ जनाको उपचारको क्रममा नोबेल अस्पतालमा मृत्यु भएको प्रहरी जनाएको छ । मृत्यु हने कानेपोखरीका अन्दाजी वर्ष ३२ का टिकाराम थापा रहेका छन् । अर्का १ जनाको भने सनाखत भएको छैन् । अन्य १७ जना घाइते भइ पथरी र विराटनगरमा उपचाररत छन् ।

कानेपोखरीबाट काकडभिट्टा जाँदै गरेको को १ ख ४८४२ नम्वरको बस विपरित दिसाबाट आइरहेको मे १ च ५३९१ नम्बरको पिकअपलाई जोगाउन खोज्दा पिकपसंग ठोकिएर बीच सडकमा पल्टिएको थियो।

घटनामा घाइते मध्ये २ जनाको अवस्था भने गम्भिर रहेको छ । गम्भिर घाइते कानेपोखरी ३ का ५ वर्षिय श्रवण दाहाल र हल्दीबारी झापाका वर्ष २४ का पिकअपका चालक नविन आचार्यको नोबेल मेडिकल कलेज बिराटनगरमा उपचार भइरहेको छ ।

त्यसै गरी घाइते हुनेहरुमा उर्लाबारी नगरपालिका ४ का १३ वर्षिय अभिषा खतिवडा, वर्ष ६ को अबिना खतिवडा र सोही नगरपालिका ५ को वर्ष ८० कि इन्द्रमाया गुरुङ रहेका छन् ।

त्यसै गरी कानेपोखरी ४ बयरबन निवासी वर्ष ७७ का प्रेम कार्की, रमाइलो निवासी वर्ष ८७ को निर्मल गिरी कानेपोखरी ३ का ५६ वर्षिय मित्र दाहाल, कानेपोखरी ५ का वर्ष ३५ को सुकदेव धिमाल, दमककी १३ वर्षीया प्रविणा भट्टराई, अर्जुनधारा झापाका ८ वर्षिय अभिषेक कार्की, वर्ष ५७ का श्याम कार्की, बिर्तामोड ४ का वर्ष ४९ का जिवन बराइली, हल्दीबारीको वर्ष २२ का पिकअपका सह चालक टेक बहादुर भुसाल, थर्पु ५ पाँचथरकी वर्ष ५५ कि मदन कुमारी चापागाईं रहेका छन् । उनिहरुको पथरी मै रहेको पथरी हस्पिटलमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

बस चालक कुल बहादुर कार्की भने ईलाका प्रहरी कार्यालय पथरीको नियन्त्रणमा रहेका छन् ।


सम्बन्धित खवर