पथरीमा बस दुर्घटना, एक जनाको मृत्यु

पथरीमा बस दुर्घटना, एक जनाको मृत्यु

पथरी, मोरङ्गको पथरी वजारमा भएको सडक दुर्घटनामा एकको मृत्यु भएको छ । १६ जना गभ्भिर घाइते भएका छन् । पथरी वजारको पश्चिम पथरीखोला नजिकै भएको दुर्घटनामा मृत्यु हुनेको पहिचान भने खुल्न सकेको छैन् ।

पुर्व वाट पश्चिम जादै गरेको मे १ च ५३९१ नम्वरको पिकअप लाई जोगाउन खोज्दा कानेपोखरीवाट काकडभिट्टा जादै गरेको को १ ख ४८४२ नम्वरको वस विच सडकमा पल्टिएको थियो । पथरी प्रहरीका अनुसार सो वसमा यात्रारत मोरङ्ग उर्लावारीकी १३ वर्षीय अस्मिता खतिवडा, वर्ष ६ कि अविना खतिवडा, दमक कि १३ वर्षिय प्रविना भटराई, उर्लावारी ५ का इन्द्रमाया गुरुङ्ग, अर्जुनधारा झापाका अभिषेक कार्की, कानेपोखरी ३ का चित्र दहाल, सोहि ठाउका श्रवण दहाल, सोहि ठाउका निर्मल गिरी, श्याम कार्की, टिकाराम थापा, मदन कुमारी चापागाँइ, सुकदेव धिमाल, जिवन वराइली, प्रेम कार्की रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार केहि घाइतेलाई विराटनगर स्थीत नोवल मेडिकल कलेजमा लगिएको छ ।

ग्रामीण भेगवाट संचालन हुने सो यात्रुवाहक वसमा केटाकेटी, वृद्ध र महिला वढी रहेको प्रहरीले जनाएको छ । वसमा ३५ भन्दा वढि यात्रु रहेको प्रहरीको भनाइ छ । पिकअपमा भने चालक मात्र रहेको र चालक पनि गम्भिर घाइते भएका छन् । उनको पहिचान खुल्न सकेको छैन् ।

सम्बन्धित खवर