नगर सभा वहिष्कार गरेर उपमेयर पत्रकार सम्मेलन तिर, यस्तै रवैया रहे चरण बद्ध विरोधमा उत्रने

नगर सभा वहिष्कार गरेर उपमेयर पत्रकार सम्मेलन तिर, यस्तै रवैया रहे चरण बद्ध विरोधमा उत्रने

डम्बर सिन्चिउरी, लेटाङ

मोरङ्गको लेटाङ्ग नगरपालिकाकी उपमेयर कृष्ण कुमारी निरौलाले नगर सभा वहिस्कार गरेर पत्रकार सम्मेुन गर्नुुभएको छ । मंगलबारका लागि राखिएको नगरसभामा उपस्थित नै नभइ नगर सभा बहिस्कार गरेको निरौलाले घोषणा गर्नुभयो । विवादका विच पनि पाँचौं नगरसभा भने बहुमतले अनुमोदन गर्दै सम्पन्न भएको छ ।

गत असार १० गते सम्पन्न नगर सभामा पेस गरिएको नीति तथा कार्यक्रम एवं वजेट माथि नै आफ्नो असन्तुष्टि रहेको निरौलाको भनाइ थियो । प्रत्रकार सम्मेलनमा निरौलाले भन्नुभयो त्यस सम्बन्धमा नगर प्रमुख शंकर राईसँग बसेर छलफल गरी असन्तुष्टि प्रति सम्बोधन गराउने चेष्टा पटक पटक पहल गरियो । यति गर्दा पनि आफुलाई मेयरले समय नै नदिई अन्ततः आफ्नो बहुमतको आडमा पेलेर जाने मनासयले असार ३१ गते नगर सभा आयोजना गरेकोले नै म लगाएत नेकपाबाट निर्वाचित जनप्रतिनिधि सहित जम्मा २२ जनाले सभा वहिष्कार गरेका हौँ। नगरमा २८ सदस्य सहित नेपाली काँग्रेस पुर्ण बहुमतमा छ ।

नेकपाका स्थानिय नेता तथा कार्यकर्ताले खचाखच भएको लेटाङ्ग वचत तथा ऋण सहकारी संस्थाको सभा हलमा गरिएको उक्त पत्रकार सम्मेलनमा धारणा राख्दै उपमेयरले भन्नुभयो स्थानिय सरकार संचालन ऐन ०७४ ले कुनै पनि योजनाहरु नगर पालिकाले नभई वस्ति स्तरबाट आउनु पर्ने र नगरपालिका आफैँ योजना बनाउने निकाय नभई वडा र वस्ति बाट आएका योजनाहरुमा वजेटको व्यावस्था गरि कार्यन्वयन गर्ने निकाय मात्रै भएकोमा नगर परमुख आफैले अत्यन्तै टुक्रे योजनाहरु मनोमानी र आफुखुसी वितरण गर्दै हिड्ने कुराले व्यापक अनियमितताको संभावना समेत रहेको कुरा प्रति हाम्रो गंभिर ध्यानाकर्षण भएको छ । शासन व्यक्तिको होईन, विधिको हुनुपर्छ भन्ने मर्म र भावना विपरित एकलौटी ढंगको प्रवृत्ति र रवैयाका कारण आफुहरुले नगर सभा वहिष्कार गरेको हो । यस्तै रवैया नगर प्रमुखमा रहीरहे आफुहरु चरणबद्ध रुपमा शसक्त विरोधमा उत्रने पनि पत्रकार सम्मेलनामा वितरित प्रेस विज्ञप्तिमा जनाईएको छ ।

साथै उक्त सम्मेलनमा वुँदागत रुपमा आफ्ना असन्तुष्टि रहेको पनि उपमेयरले विज्ञप्ति पढेर सुनाउनु भएको थियो । नौ वटा वुँदामा समेटियका असन्तुष्टिहरुमा, उपमेयरको अधिकार मिचेर आफै एकलौटी अघि वढेको, कसैलाई जानकारी नदिई बन्द कोठाबाट सुचना प्रवाह गर्ने गरेको, ठूलो मात्रमा रकम राखी आफ्नै कार्यकर्ता मात्र पोस्ने खालको काम गरेको, यसै गरी अबन्डा शीर्षकको वजेट समयमै विनियोजन नगरी योजना समयमा नै सम्पन्न नहुने गरेको, यसमा अनियमितताको शंका बढेको, प्राकृतिक श्रोत साधनको अत्याधिक दोहन हुँदा पनि वेवास्ता गरेको, सामाग्रि खरिद गर्दा एकलौटि ढंगले गर्ने गरेको हुनाले व्यापक अनियमितताको आशंका वढाएको, प्राथामिक स्वास्थ्य केन्द्र निर्माण र छ नम्बर बुधबारे सडक निर्माण कार्य समयमा कार्यन्वयन नहुँदा झण्डै साढे तीन करोड रुपैया फ्रिज गराएको जस्ता कार्य यश नगरमा हुने गरेको विज्ञप्तिमा जनाईएको छ । साथै मेरो सुविधा कटाईदेउ, फुसको छाना हटाई देउ भन्ने नारा लगाएर गाडि खरिद गर्न पुग्ने रकम गाडि भाडामै सकी आफ्नो कुनै सुविधा नकटाई सस्तो लोकप्रियताको लागि भ्रमपूर्ण नारा बनाई नगरवासीमा ठूलो अन्यौलता सृजना गर्ने गरेको पत्रकार सम्मेलनमा जनाईको छ ।

यसैगरी शीर्षक छ, तर कहाँ, कहिले, कस्लाई, किन, के प्रयोजनका लागि, आदि आदि जस्ता अनुत्तरित क्षेत्रमा वजेट विनयोजन गरिनु पनि मेयरको बहुमतको दम्भबाट नै भएकाले हामी यस्ता कर्तुतहरुको भण्डाफोर गरेरै छोड्ने वडा नं. २ का अध्यक्ष तेज तिम्सिनाले बताए ।


सम्बन्धित खवर