संखुवासभामा बाढीले बगाएर महिलाको मृत्यु

संखुवासभामा बाढीले बगाएर महिलाको मृत्यु

संखुवासभा–संखुवासभाको मकालु गाउँपालिका ३ एकुवा बस्ने ३४ बर्षीया मिङमा खङडु शेर्पाको बाढीले बगाएर मृत्यु भएको छ । सोमवार सांझ साढे ६ बजेको समयमा श्रीमान रिदाक शेर्पासंगै स्थानीय स्वास्थ्य चौकीबाट उपचार गरी फर्कने क्रममा बिच बाटोमा रहेको भ्यागुते खोलाले बगाएर मिङमा खङडु शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

घटनास्थलमा प्रहरी चौकी स्याक्सिगोला र ईलाका प्रहरी कार्यालय हेदाङनाबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर