ईलाममा ३ थान भरुवा बन्दुक सहित २ जना पक्राउ

ईलाममा ३ थान भरुवा बन्दुक सहित २ जना पक्राउ

ईलाम–ईलाम नगरपलिका ३ बाट प्रहरीले ३ थान भरुवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको छ । हतियारधारी समुहले शंकास्पद गतिबिधी सञ्चालन गरिरहेको भन्ने सुचनाको आधारमा पुगेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरी टोलीले सन्दकपुर गाउँपालिका १ का ३५ बर्षीय राम कुमार राई र २७ बर्षीय कुमार फागो लिम्बुलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय ईलाममा राखि थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित खवर