सुनवर्षीमा पैनीमा ढुबेर ७ वर्षीय बालिकाको ज्यान गयो, एक बालिका बेपत्ता

सुनवर्षीमा पैनीमा ढुबेर ७ वर्षीय बालिकाको ज्यान गयो, एक बालिका बेपत्ता

सुमन श्रेष्ठ, अमरदह

मोरङको सुनवर्षी २ मा पैनीमा ढुबेर १ बालिकाको ज्यान गएको छ । इलाम घर भएकी ७ वर्षीय कृति तामाङको ज्यान गएको हो । उनि फूपुको घर पथरीशनिश्चरे ६ केचनामा बस्दै आएकी थिइन् । उनिसंगै ढुबेकी ११ वर्षीय सिर्जना तामाङ भने बेपत्ता भएकी छन् । उनको खोजी कार्य भइरहेको अमरदह प्रहरीचौकीका इन्चार्ज सुरेन्द्र थापाले जानकारी दिनुभयो ।

दुवैजना स्कुल छुट्टीको समयमा सुनवर्षी २ बाहुनडोवमा मावल गएका थिए । मध्यान्न १२ बजेको समयमा मावल देखि अमरदह आउन भनि साइकलमा चडेर हिडेका दिदि बहिनी बाटोमा पर्ने पैनीमा साइकल चिप्लीएर खसेका थिए । लगातारको वर्षाका कारण पैनीमा अत्याधिक पानी रहेको छ ।


सम्बन्धित खवर