सोलुखुम्बुको फाप्लु विमानस्थलको आधाभाग पहिरोको जोखिममा

सोलुखुम्बुको फाप्लु विमानस्थलको आधाभाग पहिरोको जोखिममा

सोलुखुम्बु–सोलुखुम्बुको फाप्लु विमानस्थलको आधाभाग धावनमार्ग पहिरोको जोखिममा परेको छ । निरन्तरको वर्षासँगै धावन मार्गको माथिल्लो भागबाट पहिरो जान थालेको छ । विमानस्थलको ६ सय मिटर धावन मार्ग मध्ये करिब ३ सय मिटर धावनमार्गमा पहिरोको जोखिम देखिएको हो ।

धावन मार्गको माथिल्लो भागबाट सुरु भएको पहिरो बढ्दै जाने हो भने धावन मार्गमा नै असर पुग्ने नागरिक उड्यन प्राधिकरण फाप्लुका निमित्त प्रमुख प्रभास रन्जनले बताए । उनका अनुसार विमानस्थलको घेराबार गरिएको स्थान नै पहिरोले भत्काउने जोखिममा परेको छ । विमानस्थलको माथिल्लो भागमा केही समयअघि मात्र निर्माण सम्पन्न घेराबारसमेत पहिरोले भासिएको छ ।

पहिरो जानसक्ने भएकाले अहिलेको पार्किङ स्थल पनि जोखिममा परेको नागरिक उड्यन प्राधिकरण फाप्लुले जनाएको छ । वर्षाको समय भएकाले जुनसुकै समयमा पनि भितो भत्किने सम्भावन देखिएको कार्यलयका निमित्त प्रमुख रन्जनको भनाई छ । विमानस्थलमा जानसक्ने पहिरो रोक्न बेलैमा ध्यान दिन नसके ठूलो दुर्घटना निम्तने सम्भावना रहेको स्थानीयको भनाइ छ ।

सम्बन्धित खवर