सुनसरीमा नहरमा डुबेर १२ बर्षीय बालकको मृत्यु

सुनसरीमा नहरमा डुबेर १२ बर्षीय बालकको मृत्यु

सुनसरी–सुनसरीको हरिनगरा गाउँपालिका २ का अकबल मियाको १२ बर्षीय छोरा तोसिब मियाको नहरमा डुबेर मृत्यु भएको छ । आईतवार दिउँसो सवा ३ बजेको समयमा भुटाह सिसुवा धरमपुर सडक खण्डमा पर्ने नहरमा चिप्लिएर पानीमा डुब्दा घाईते भएका मियालाई प्रहरी चौकी भुटाहाबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाएकोमा उपचारकै क्रममा दिउँसो ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सम्बन्धित खवर