विहे गरिएका भ्यागुताको विधिवत रुपमा सम्बन्ध विच्छेद गरियो

विहे गरिएका भ्यागुताको विधिवत रुपमा सम्बन्ध विच्छेद गरियो

रबिन्द्र बराल, रंगेली

मोरङको रंगेली स्थीत संन्सारी माई मंन्दिरमा भएको भ्यागुतोको बिवाह बुडिगंगा गाउँपालिकामा सम्बन्ध विच्छेद गरिएको छ । लामो समय सम्म पनि पानी पर्न नसकेपछि भ्यागुताको बैद्धिक मन्त्र उच्चार गरेर विधिवत रुपमा असार २१ गते विवाह गरिएको थियो ।

भ्यागुताको विवाह गरेको भोलिपल्ट देखि नै लगातार वर्षा भइरहेको छ । हाल सम्म अविरल रुपमा भइरहेको वर्षाका कारण देशभरमा ६० जनाले ज्यान गुमाएका छन् । २६ जना अझै बेपत्ता छन् । हजारौँ घर अझै घरबार विहिन भएका छन् ।

लगातार रुपमा भइरहेको वर्षाले ठुलो क्षति पु¥याउने भएपछि मोरङको बुढि गंगा गाउँपालिका २ का प्रकाश बानियाँले लिखित रुपमा दुई भ्यागुताको सम्बन्ध विच्छेद गराएका छन् । उनले गराएको सम्बन्ध विच्छेदको फोटो यतिबेला सामाजिक संजालमा भइरल बनिरहेको छ । पानी नपरेको खखण्डमा भ्यागुताको विवाह गरिदिएमा पानी पर्ने पुरानो रुढी मान्यता रहेको छ ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: