ताप्लेजुङमा भिरबाट लडेर १ जनाको मृत्यु

ताप्लेजुङमा भिरबाट लडेर १ जनाको मृत्यु

ताप्लेजुङ–ताप्लेजुङको फुङलिङ नगरपालिका १० फुरुम्बुमयुममा भिरबाट लडेर १ जनाको मृत्यु भएको छ । ताप्लेजुङ फक्तालुङ गाउँपालिका ४ ईखाबु घरभई जिल्ला ताप्लेजुङ फुङलिङ नगरपालिका १० फुरुम्बु मयुम ससुरालीले दिएको घरजग्गामा धेरैबर्ष अगाडीबाट श्रीमतिसँगै बस्दै आएका बर्ष ६३ का कर्णबहादुर ल्याबुङ गाँऊतिर जान्छुभनि २४ गते हिडे पश्चात बेपत्ता भए पछी आफन्तले खोजि कार्य शुरु गरेका थिए ।

सोही क्रममा घरबाट १५ मिनेट दक्षिण नामबाराभिरबाट लडेर बाटो देखि १०० मिटर भिरमा झरी मृत अबस्था माफेला पारे पश्चात आफन्तले प्रहरीलाई खबर गरेका थिए । घटनाबारे जानकारी पाए लगत्तै जिल्लाप्रहरीकार्यालयताप्लेजुङबाट प्रहरीको टोली खटि कानूनी प्रकृया पुरा गरी शव लाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल ताप्लेजुङ पठाएको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: