विराटनगर–अविराल बर्षापछि आएको बाढीका कारण किसानले लगाएका माछाहरु खोलाले बगाएको छ भने किसानलाई ठुलो क्षती भएको छ ।सुनसरीको बर्जुगाँउपालिकामा रहेको विराट लक्ष्मी कृषि माछा फार्ममा कृषकले पालेको माछा बगाएको छ । विराटनगरका दुई युवाले संञ्चालन गरेको माछा फार्ममा केहीदिन यता आएको पानीका कारण माथिबाट आएको बाढी माछा फार्ममा पस्दा क्षती भएको हो । सुनसरी–मोरङ सिचाई आयोजनाको नहर फुटेर आएको बाढीले फार्ममा पालिएका माछा र फार्म सहित गरि २७ लाख बराबरको क्षति भएको विराट लक्ष्मी फार्मका सञ्चालक प्रतिक ढकालले जानकारी दिए ।
करिब ७ विगा क्षेत्रमाको ११ वटा पोखरीमा लगाइएइको माछा फार्ममा क्षति पुगेको ढकालले बताए । माछाका साना भुरा १२ लाख र ठूला ६ लाख अनि माछाका दान र भुसी गरी ९ लाख ६० हजार बराबरको क्षति भएको संञ्चालक ढकालले बताए । ‘२०७४ सालमा वाढीले पनि फार्ममा ठूलो क्षती पुर्याएको थियो। त्यो घाउ मेट्न नपाउदै फेरी अर्को घाउ थपियो,’ढकालले भने ।
बर्जुमा मात्र हैन, बिराटनगर महानगरपालिका, कटहरी गाउँपालिका, जहदा गाउँपालिकामा पनि खोला गाउँ पस्दा माछामा ठुलो क्षती भएको छ । माछा जोन संचालन क्षेत्र रंगेली देखि कटहरीसम्मको क्षेत्रका किसानले लगाएका माछामा क्षती पुगेको छ ।