वक्राहा कटान (फोटो फिचर सहित)

वक्राहा कटान (फोटो फिचर सहित)


भिमराज अधिकारी/अर्जुन काफ्ले, पथरी

निरन्तरको वर्षाका करण वक्राह खोलामा आएको वाडीले पथरीशनिश्चरे ५ सुन्दरीचौक दक्षिण जैनघट्टमा कटान सुरु गरेको छ ।

कटानका कारण पथरीशनिश्चरे ५ क्षेत्रमा त्रास फैलिएको छ । वक्राहा खोला गाँउ पस्ने खतराले स्थानियवासी त्रसित भएका छन् निरन्तरको वर्षाले खोलामा आएको वाडीले २२ वर्ष अधि निर्माण गरिएको वाध कटान गर्न थालेको हो ।

वक्राहाले कटान गर्न थालेपछि सोको रोकथाम गर्न पहल थालिएको छ । कोशी वक्राह तटवन्धन परियोजनाले कटान क्षेत्रको स्थलगत निरीक्षण गरि कटान रोकथाम गर्न वेम्वो पायरीङ्ग विधिद्धारा कटान नियन्त्रण गर्ने प्रयास थालिएको छ ।

यसै गरि पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलिप कुमार राई,उपप्रमुख यमुना विष्ट वास्तोला लगायतको टोलीले कटान क्षेत्रको निरीक्षण गरि कटान रोकथामका लागी पहल गर्ने वताए ।

वडा अध्यक्ष जोग वहादुर धिमालले वक्राह खोला गाँउपसे पथरीशनिश्चरे ५ र सुनवर्षी नगरपालिकाको केहि क्षेत्र डुवानमा पर्ने वताए । वक्राहले सो वाध तिन दिन देखी कटान गर्दै आएको छ ।

सम्बन्धित खवर