प्रभावितलाई सहयोग जुटाउन प्रदेश प्रमुखको आग्रह

प्रभावितलाई सहयोग जुटाउन प्रदेश प्रमुखको आग्रह

मोरङ–प्रदेश १ का प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले लगातारको वर्षासँगै पीडित बनेकालाई सहयोग जुटाउन आग्रह गरेका छन् । शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले बर्षा र पहिरोले ज्यान गुमाएका , वेपत्ता भएका र घरवारविहीन परिवार प्रति शोक व्यक्ति गरे । उनले अविरल वर्षा र त्यसले पु¥याएको जनधनको क्षत्ति प्रति दुःख व्यक्त गरे । तुम्बाहाङले मानवीय संवेदनसिलता देखाउँदै पीडितलाई सहयोग गर्न सबै पक्षसँग अपिल गरेका छन् ।

प्रदेश १ बाढी र पहिरोको उच्च जोखिममा रहेको उल्लेख गर्दै उनले विज्ञप्तिमा पीडितलाई तत्काल राहत र सहयोग जुटाउन आग्रह गरेका हुन् । पहाडी क्षेत्र पहिरोको चपेटामा र तराई डुवानले प्रभावित भएको उल्लेख गर्दै प्रभावित क्षेत्रका सबैमा उच्च सर्तकता अपनाउन पनि उनले सुझाव दिएका छन् ।

सम्बन्धित खवर