सुनसरीमा मोटरसाइकल दुर्घटनामा युवा नेताको मृत्यु

सुनसरीमा मोटरसाइकल दुर्घटनामा युवा नेताको मृत्यु

सुनसरी–पूर्वपश्चिम राजमार्गअन्तर्गत इनरुवा सडक खण्डमा भएको दुर्घटनामा इनरुवा ६ मधेशाका भोगेन्द्र घिमिरेको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन । पूर्वपश्चिम राजमार्ग्िस्थत इनरुवा ३ मा घिमिरे सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिएको थियो । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ५ ख ३३०९ नम्बरको ट्रकले बा ५७ प १७२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक ४२ वर्षीय घिमिरेको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।

उपचारको क्रममा घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ । घिमिरे नेकपामा आवद्ध मधेशका सकृय युवा नेता हुन् । दुर्घटनमा घाइते मोटरसाइकलमा पछाडी सवार इनरुवा ३ का सुनील सरदारको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर