ओखलढुंगामा बेपत्ता मध्ये १ को शव फेला, १ न. प्रदेशमा मृत्यु हुनेको संख्या १६ पुग्यो

ओखलढुंगामा बेपत्ता मध्ये १ को शव फेला, १ न. प्रदेशमा मृत्यु हुनेको संख्या १६ पुग्यो

ओखलढुंगाको सिद्धिचरण नगरपालिका ६ माझखर्क बस्ने बर्ष ४० की कान्छीमायाँ श्रेष्ठको मृत्यु भएको छ । आज बिहान परेको अबिरल बर्षाको कारण आएको पहिरोले २ तले घर र गोठ बगाउँदा बेपत्ता भएकी कान्छीमायाँ लाई अपरान्ह साढे ३ बजे मृत अवस्थामा घर देखी २०० मिटर तल फेला पारीएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

हाल सम्म १ न. प्रदेश अन्तरगत मृत्यु हुनेको संख्यामा खोटाङमा ३ जना, झापामा २, ओलढुंगामा ४, भोजपुरमा ५, ईलाममा १ र सुनसरीमा १ जना गरी जम्मा १६ जना पुगेको छ ।

सम्बन्धित खवर