भोजपुरमा पहिरोले पुर्दा १२ वर्षीय बालकको मृत्यु

भोजपुरमा पहिरोले पुर्दा १२ वर्षीय बालकको मृत्यु

भोजपुर–निरन्तर वर्षासँगै आएको पहिलोले पुरेर भोजपुरमा एक बालकको ज्यान गएको छ । भोजपुरको पश्चिमी टेम्केमयूँङ गाउँपालिका वडा नं. ९ लेखर्कमा पहिरोले पुरिदा १२ वर्षका जनक बिकको मृत्यु भएको हो ।

बिहान करिब १० बजे शौचालय बसिरहेका बेला पहिलोले पुरेर बालकको मृत्यु भएको बताइएको छ । माथिबाट आएको पहिरोले शौचालय सँगै बालक पनि पुरेको गाउँपालिका अध्यक्ष ध्रुव राईले जानकारी दिएका छन् ।

सम्बन्धित खवर