रतुवा खोला गाँउ पस्यो, ४० घर डुवानमा

रतुवा खोला गाँउ पस्यो, ४० घर डुवानमा

पथरी, मोरङको रतुवा खोला बाँध फुटाएर गाउँमा पसेपछि स्थानीय ४० घर डुवानमा परेका छन् । डुवानमा परेका घरमा पानी पसेको छ ।

रतुवामाई नगरपालिका वडा नम्बर १० स्थित मंगलबारेबाट खोला बाँध फुटाएर गाउँ पसेको हो । हरेक वर्ष वर्षातको समयमा रतुवा खोला गाँउ पस्ने गरेको छ । यो वर्ष पनि पहिलो वाढीमा नै खोला गाँउमा पसेपछि समस्या भएको स्थानीयले बताएका छन् । खोला बाँध फुटाएर गाउँ पसेपछि स्थानीय भने त्रसित भएका छन् । सो वाढीका कारण रंगेली–विराटनगर सडक खण्डको दादरबैरिया सडक खण्डमा समेत आउजाउमा समस्या भएको छ ।

सम्बन्धित खवर