एति एयरलाइन्सको विमान धावन मार्गमा चिप्लियो

एति एयरलाइन्सको विमान धावन मार्गमा चिप्लियो

काठमाडौं, एति एयरलाइन्सको विमान त्रिभूवन विमान स्थलमा चिप्लिएको छ । विमान नेपालगञ्जबाट काठमाडौँका लागि उडेको थियो । त्रिभूवन विमान स्थलमा अवतणका क्रममा चिप्लिएको विमान ठुलो दुर्घटना हुनबाट बचेको छ ।

सो दुर्घटनामा दुई यात्रु समान्य घाइते भएको र उनीहरूको समान्य उपचार पछि घर पठाइएको त्रिभुवन विमानस्थल उड्डयन कार्यालयका प्रवक्ता प्रतावबाबु तिवारीले बताउनुभयो ।

९ एन एएमएम कल साइनको सो विमान विहान ११ः५ बजे धावन मार्गमा चिप्लिएको थियो । विभानमा ६४ जना वयश्क र दुई नावलक र तीन चालक दलका सदस्य रहेको यति एयरले जनाएको छ ।

धावनमार्गबाट हटाउनका लागि समय लाग्ने भएपछि विराटनगरबाट काठमाडौँका लागि उडान भर्ने विमानको उडान रद्ध भएको छ ।

सम्बन्धित खवर