पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्षमा ४ अर्बभन्दा बढी मूल्यको तरकारी आयात

पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्षमा ४ अर्बभन्दा बढी मूल्यको तरकारी आयात

चालु आर्थिक वर्षको अन्त्यसम्ममा पूर्वी नाका काँकरभिट्टाबाट ४ अर्बभन्दा बढी मूल्यको तरकारी आयात भएको छ । गत आर्थिक वर्षको तुलनामा यसवर्ष ८ करोड मूल्यभन्दा बढीले आयात भएको हो । चालु आर्थिक वर्षको अन्त्यसम्ममा ४ अर्ब ४४ करोड रुपैयाँको तरकारीजन्य वस्तु आयात भएको छ । गत आर्थिक वर्षमा ४ अर्ब ३६ करोड मूल्य बराबरको तरकारीजन्य वस्तु आयात भएको काकरभिट्टामा रहेको मेची भन्सार कार्यालयले जनाएकोछ ।

असार तेस्रो सातासम्म मात्र भारतबाट १ लाख मेट्रिक टन तरकारीजन्य वस्तु नेपाल भित्रियो । गत आर्थिक वर्षमा पनि यही अवधिमा १ लाख ३ हजार मेट्रिन तरकारी नेपाल भित्रिएको थियो । सबैभन्दा बढी तरकारीजन्य वस्तु मध्ये आलु र प्याज रहेको छ ।यो वर्ष झण्डै २० हजार टन आलु र पाँच हजार टन प्याज नेपालमा आयात भएको छ । त्यस्तै भारतबाटै गोलभेंडा, लसुन, दाल, केराउ, बोडी साथै सागपात र हरियो तरकारी नेपाल भित्रिएको छ ।

भन्सार कार्यालयले तरकारीजन्य वस्तुको आयातबाट चालु आर्थिक वर्षमा ३८ करोड ४७ लाख ७२ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । यस्तै, गत आर्थिक वर्षमा २६ करोड ९४ लाख रुपैयाँ तरकारी आयातबाट राजश्व संकलन भएको छ । नेपालबाट चालु आर्थिक वर्षमा १२ हजार २ सय ३८ मेट्रिक टन तरकारी निर्यात भएको छ । जुन एक अर्ब २६ करोड ६९ लाख रुपैयाँ मुल्य बराबरको हो । यसबाट भन्सार कार्यालयले १ करोड २० लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।

सम्बन्धित खवर