धरानमा डिजेलबाट चल्ने शवदाह गृह साउन पहिलो सातादेखि प्रयोगमा ल्याइने

धरानमा डिजेलबाट चल्ने शवदाह गृह साउन पहिलो सातादेखि प्रयोगमा ल्याइने

सुनसरी—व्यवस्थित रुपमा शव दाहसंस्कार स्थलको अभाव रहेको धरानमा झिगु समाजले पहिलोपटक डिजेलबाट संचालन हुने आधुनिक शवदाहस्थल निर्माण गरेको छ । साउन पहिलो सातादेखि प्रयोगमा ल्याउन लागिएको डिजेल प्लाण्टको शव दाहसंस्कार स्थल धरान ३ सेउती किनारस्थित खत्रीधारामा निर्माण गरिएको छ।

‘विद्युतीय शव दाहसंस्कार गृह निकै महंगो र खर्चिलो प्रविधि भएकाले विकल्पमा डिजेलबाट संचालन हुने शव दाहसंस्कार स्थल निर्माण गरिएको हो,’ निर्माण समितिका अध्यक्ष मोहनकाजी शाक्यले भने, ‘०६६ सालमा धरान उपमहानगरपालिकाले सेउती किनारको खत्रीधारामा १० कट्टा जमिन उपलव्ध गराएपछि झिगु समाजले व्यवस्थित दाहसंस्कार स्थल निर्माण सुरु गरेको थियो।’

सो शवदाह गृहमा बढीमा आधा घण्टामै शव खरानी बन्ने गरी डिजाइन गरिएको छ। त्यसको कुल लागत १० लाख रुपैयाँमात्र भएपनि अन्य सबै भौतिक पूर्वाधार तयार गर्न १ करोड ६० लाख रुपैयाँ लागेको शाक्यले बताए।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: