मोरङ, धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार घुस सहित रंगेहात पक्राउ परेका छन् । रौनियार र अर्का डाक्टर रामहरी रौनियारलाई अख्तियारको टोलीले घुस सहति पक्राउ गरेको हो ।
८ लाख घुस रकम सहित रंगेहात पक्राउ परेका रौनियारलाई अख्तियारको टोलीले नियन्त्रणमा राखेको छ । उनिहरु उपकसलपति निवासबाट रंगेहात पक्राउ गरेको जनाइएको छ । उनलाई अख्तियारले छनवीन गरिरहेको अख्तिया प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिए ।