सप्तकोशीमा पानीको बहाव बढेकोले स्थानीयलाई सतर्क रहन आग्रह

सप्तकोशीमा पानीको बहाव बढेकोले स्थानीयलाई सतर्क रहन आग्रह

विराटनगर– अविरल वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । तीन दिनदेखिको वर्षाले नदीमा पानीको बहाव बढेको हो । सप्तकोशीमा बिहीबार बिहान १० बजे पानीको बहाव प्रतिसेकण्ड १ लाख १० हजार ९०० सय क्युसेक पुगेको कोशीव्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

कोशीव्यारेजका अनुसार पानीको बहाव अघिल्ला दिनको तुलनामा बढी हो । सप्तकोशीमा पानीको बहाव बढेपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

सम्बन्धित खवर