करेन्ट लाग्दा २ जनाको मृत्यु

करेन्ट लाग्दा २ जनाको मृत्यु

ईटहरी उपमहानगरपालिका ४ स्थित बिश्वआदर्श स्कुल छेउको नालीमा करेन्ट लागी २९ बर्षिय महेश चौधरीको मृत्यु भएको छ । सोही स्कुलमा कार्यालय सहयोगीको रुपमा काम गर्ने चौधरीले राती १२ बजे नालीमा जमेको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा आफैलाई करेन्ट लाग्दा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

त्यसैगरी गौरादह नगरपालिका ८ थापा चोक स्थितमा बस्दै आएका ६ बर्षिय रोसन महतोको करेन्ट लागी मृत्यु भएको छ। मोरङ रतुवामाई नगरपालिका १ घर भई मावली घर बस्दै आएका गोल्छा महतोको छोरा रोसनले आज बिहान ९ बजे मोबाईल चार्जमा लगाउने क्रममा करेन्ट लाग्दा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौरिगंजले जनाएको छ ।

सम्बन्धित खवर