सप्तरी ट्राफिकद्वारा ट्राफिक जनचेतना कार्यक्रम सम्पन्न

सप्तरी ट्राफिकद्वारा ट्राफिक जनचेतना कार्यक्रम सम्पन्न

राजेन्द्र महतो, लहान

बढदो सडक दुर्घटना न्यूनिकरणका लागि जिल्ला ट्राफिक कार्यालय शम्भु नाथ सप्तरीले राजबिराजमा ट्राफिक जनचेतना कार्यक्रम सप्पन्न गरेको छ ।

सामुदायिक ट्राफिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत संचालित सो जनचेतना कार्यक्रममा निजी तथा सामुदायिक विद्यालयका छात्र छात्राहरुले मादक पदार्थ सेवन गरि सवारी नचलाऔ, ओभरटेक नगरौं, ट्राफिक नियमको पालना गरौं, क्षमता भन्दा बढि यात्रु नबोकौँ लेखेको प्लेकार्ड बोकी राजबिराज नगरपालिका परिक्रमा गरेका थिए ।

सवारी दुर्घटना हुने प्रमुख कारणहरुमा चालकको लापरबाही, मादक पदार्थ सेवन गरि सवारी चलाउनु, सडक सेन्टरको अभाव, मौसमको खराबी, ओभरटेक, ट्राफिक नियमको उल्घन तथा ट्राफिक नियममा चेतनाको अभाव, क्षमता भन्दा बढि यात्रु बोक्ने, सडक सांघुरो, सवारी चालक अनुमती पत्र बिना सवारी चलाउनु दुर्घटनाको प्रमुख कारण भएको जिल्ला ट्राफिक कार्यालय शम्भु नाथ सप्तरीका प्रहरी निरीक्षक छवि रमन भट्टराइले बताएका छन् ।

ट्राफिक जनचेतना कार्यक्रम सरप्राइज चेकिङ, जेब्राक्रसिङ्ग निमार्ण, सवारी चालकहरुको स्वास्थ परिक्षण, बिधालय सम्पर्क कार्यक्रम तथा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम गरी सडक दुर्घटना न्यूनिकरणका लागि लगातार प्रयास गरि रहेको भट्टराइले बताएका छन् ।

सम्बन्धित खवर