अपाङगता नगर समितिमा राजेन्द्र

अपाङगता नगर समितिमा राजेन्द्र

पथरी, मोरङको पथरी शनिश्चरेमा नगरपालिका बनेको ४ वर्षपछि मात्र अपाङगता भएकाहरुको हकहित स्थापित गर्न ‘अपाङगता नगर समिति’ गठन भएको छ ।

नेपाल अपाङग महिला संघ मोरङको आयोजनामा आज नगरपालिका कार्यालयमा भएको भेलाले राजेन्द्र दहाललाई अध्यक्ष चुनेर १३ सदस्यीय समिति गठन भएको हो ।

१० वडा रहेको नगरमा प्रत्येक वडाबाट समेटिने गरी गठित समितिको उपाध्यक्षमा विद्या लुइटेल, सचिवमा टीकाराम सुवेदी, सहसचिवमा नगेन्द्र भुजेल, कोषाध्यक्षमा रुपा तिम्सिना तथा सदस्यहरुमा अनील खत्री, चन्द्रबहादुर संग्रौला, निलकण्ठ सुवेदी, चित्रखर भट्टराई, रविना लिम्बू, कुलबहादुर चौहान, चन्द्रकुमारी विश्वकर्मा र राजन धिमाल चुनिएका छन् ।

कार्यक्रममा, नगरपालिका उपप्रमुख एवम् अपाङगताका लागि परिचयपत्र वितरण समिति संयोजक यमुना विष्ट वास्तोला र सामाजिक विकास समिति संयोजक कपिलमणि ढकालले नगरमा अपाङगता भएकाहरुको हक हितका लागि कार्यक्रमहरु अघि बढाउने जनाए । नवनिर्वाचित अध्यक्ष दहालले आफ्नो अधिकारका लागि आफैं अघि बढ्ने अवधारणा अनुरुप अपाङगता भएकाहरु संगठित भएर हक अधिकार स्थापित गर्न तथा सृजनात्मक गतिविधि अघि बढाउन आफुहरु लागि पर्ने उल्लेख गरे ।

पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा संघले २ दिने कार्यक्रम अन्तर्गत पहिलो कार्यक्रमका रुपमा कार्यपालिका सदस्य तथा नगरमा अपाङगता भएका व्यक्तिहरुको परिचयपत्र वितरण समितिसँग अपाङगता सचेतना कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रममा संघकी जिल्ला अध्यक्ष भीमा खतिवडा र सचिव मीना आचार्यले सहजिकरण गरेका छन् ।

सम्बन्धित खवर