मोरङको छुट्टाछुट्टै स्थानमा करेन्टलागी २ जनाको मृत्यु

मोरङको छुट्टाछुट्टै स्थानमा करेन्टलागी २ जनाको मृत्यु

मोरङ–रंगेली नगरपालिका ५आपगाछी बस्ने १२ बर्षिय प्रमोद ऋषिदेवको आज (बुधबार) दिउँसो १२ः५० बजे करेन्टलागी मृत्युभएको छ। आफ्नै घरछेउको काठमा विजुलीको पोल नजिक हिडिरहेको अवस्था अचानक उक्त विजुलीको पोल ढली नाङगो तारबाट करेन्ट लाग्दा ऋषिदेवको घटनास्थलमै मृत्युभएको ईलाकाप्रहरी कार्यालय रंगेलीले जनाएकोछ।

यस्तै सुनसरी धरान थाक्कर डाँडा बस्ने ६७ बर्षिय बिर्खबहादुर राईको करेन्ट लागी मृत्यु भएको छ। आज (बुधबार) बिहान ११ बजेको समयमा आफ्नै घरमा रेडियो बजाउनको लागि रेडियोकोज् याक मल्टिपल्कमा जोड्ने क्रममा करेन्ट लागी बेहोस भएका राईको उपचारको क्रममा बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपाधरानमा दिउसो १२ः२० बजे मृत्यु भएको अस्थाई प्रहरी पोष्टघोपाले जनाएको छ।

सम्बन्धित खवर