ओखलढुंगामा बस दुर्घटनाहुँदा ३ जनाको मुत्यु

ओखलढुंगामा बस दुर्घटनाहुँदा ३ जनाको मुत्यु

ओखलढुंगा– ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका ६ सिद्दीचरण राजमार्ग डडुवा डाडा स्थितमा बस दुर्घटना हुदा ३ जनाको घटनास्थलमैमृत्यु भएको छ ।झापाको काकडभिट्टाबाट सोलुतर्फ जादै गरेको मे १ ख १८९१ नम्बरको मातृभाग्यरेखा प्रालिको नाईट बस आज बिहान साढे ३ बजे आफैअनियन्त्रित भई सडकबाट २० मिटर तल खसि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगा जनाएको छ।

दुर्घटनाबाट बसमा सवार २० जना मध्येझापा पथरियाका चालक ४५ बर्षिय कृष्ण बहादुर बस्नेत, सोलु दुधकुण्डकी ५२ बर्षिया माया थापा र सिन्धुली कमलामाईका ३५ बर्षिय लाल बहादुर धामिको घटनास्थलमै मृत्यु भएको हो । यस्तै दुर्घटनाबाट घाईते भएका ५ जनालाई उपचारको लागि काठमाण्डौ पठाईएको छ भने अन्यको ओखलढुंगा र उदयपुरको स्थानिय मेडिकलमा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर